फोहरको मात्रा घटाउने कमभन्दा कम हानिकारक वस्तुको प्रयोग गरिएमा हानिकारक फोहरको मात्रा घटाउन सकिन्छ । तसर्थ हाम्रो स्वास्थ्य संस्थाको लागि सामान खरिद गर्दा कस्ता किसिमका फोहर उत्पादन गर्दछ भन्ने कुरा विचार गर्नुपर्दछ । कति हानिकारक हुने कुराको विचार गर्नुपर्दछ । कसरी फोहर विसर्जन गर्ने कुराबारेमा पनि सोच्नु पर्दछ । हानिकारक फोहरको मात्रा घटाउन सकेसम्म सुरक्षित तवरले पुनः प्रयोग गर्न सक्ने वस्तुहरू उपलब्ध भएको खण्डमा एक पटक प्रयोग गरी फाल्नु पर्ने वस्तुहरूको प्रयोग बन्द गर्नु पर्दछ । उदाहरणको लागि सिरिञ्ज र सूईलाई कदापी पुनः प्रयोग गर्नु हुन्न । मर्करीमुक्त थर्मोमिटर उपलब्ध भएसम्म प्रयोग गर्नुपर्दछ । जुनचाहिँ केही महङ्गो भए पनि धेरै दिनसम्म चल्ने र फुटेपछि कमी त्यत्ति हानिकारक हुन्छ । चाहिने भन्दा बढी औषधि नकिन्नुहोस् र चाहिएको बेलामा मात्र प्रयोग गर्नुपर्दछ । सकेसम्म सुईको सट्टामा चक्की औषधि प्रयोग गर्नुहोस् । सकेसम्म गैरप्लाष्टिक वस्तुहरूको उपयोग गर्नुपर्दछ । कम विषाक्त वस्तुहरूको उपयोग गर्ने र सम्भव भएसम्म निसंक्रमित गर्नु पर्दछ । इन्जेक्सन माइल, ट्यूब र अन्य पदार्थहरू पी.भी.सी. बाट नबनेको प्रयोग नगर्ने । यिनीहरू सस्तोमा पाइने गर्दछन् र बिरामीको लागि र समुदायको लागि चाहिँ सुरक्षित हुने गर्दछ । फोहरलाई छुट्याउने स्वास्थ्यजन्य फोहरमैलाई उत्सर्जन भएकै ठाउँमा छुट्याउने गर्नु फोहर व्यवस्थापनको अर्को महत्वपूर्ण अंग हो । फोहरलाई स्रोतमा नै छुट्याउनाले स्वास्थ्य केन्द्रका मानिस र अन्य जसले फोहर संकलन गर्दछ वा पुनः प्रशोधन गर्नेलाई हुन सक्ने हानिबाट बचाउन सकिन्छ । फोहरलाई स्रोतमा नै छुट्याउनाले प्रशोधन गर्नुपर्ने वा गाड्नुपर्ने फोहरको मात्रा घट्दछ जसले गर्दा फोहर व्यवस्थापनमा लाग्ने खर्च घटाउन सक्दछ । फोहरलाई छुट्टाछुट्टै रंगको भा“डोमा छुट्ट्याउने धेरैजसो स्वास्थ्य केन्द्रहरूले फोहर उत्सर्जन गरेको ठाउँमै विभिन्न रंगको भाँडोमा फोहर छुट्याएर राख्ने गर्दछ । यो पद्धतिलाई राम्ररी काम गर्न हरेकले कुन रंगको भाँडोमा कस्तो फोहर राख्नु पर्दछ भनि जान्नु पर्ने हुन्छ । विभिन्न रंगको भाँडोमा विभिन्न फोहर राख्ने कुरा हरेक देशमा फरक फरक हुन्छ । उदाहरणको लागि केही देशमा रातो रंगको भाँडो खतरानाक फोहर भनि धारिलो वस्तुहरू, सूई र अन्य खतरनाक वा विषाक्त आदिलाई रातो रंगको भाँडोमा राख्ने गरिन्छ । आधाभन्दा बढी स्वास्थ्यजन्य फोहर साधारण फोहर जस्तै हो । कागज, कार्डबोर्ड, बोतल, टिनको बट्टा र जब यस्ता फोहरहरूलाई छुट्टाछुट्टै राखिन्छ यसले खतरनाक फोहरलाई व्यवस्थापन गर्न धेरै सजिलो गरिदिन्छ । फोहर छुट्टाछुट्टै राख्ने भाँडो निम्न प्रकारको हुनु जरुरी छ । फोहर उत्सर्जन हुने ठाउँको नजिकै राख्नु पर्छ । भाडाहरू छुट्टाछुट्टै रंगका स्पष्ट तरीकाले लेखिएको हुनुपर्दछ । बलियो, फुट्ने वा चुहिने खालको हुनुहुँदैन । सजिलै बन्द र ओसार पसार गर्न सक्ने खालको हुनुपर्दछ जसले गर्दा नपोखाइकन एक ठाउँबाट अर्को ठाउँमा लान सकिन्छ । तीन चौंथाइसम्म भरेर दिनभरिको फोहर अट्न सक्ने आकारको । सबै ठाउँमा एकै किसिमको फोहरको लागि प्रयोग गरिने भाँडो वा प्लाष्टिकको व्यागको आकार प्रकार एवं रंग एउटै हुँदा राम्रो हुन्छ । यसो नभएको खण्डमा रंगीन टेप वा पेन्टस्को सहायताले सघाउनुपर्दछ । यसरी एकै प्रकारको भाँडा प्रयोग गर्नाले फोहरमा काम गर्ने कामदारले नझुक्किइकन कुन भाँडोमा साधारण फोहर राख्ने र कुन भाँडामो खतरनाक फोहर राख्ने भन्ने कुरामा सहयोग पुग्दछ । फोहर भण्डारण र ढुवानी स्वास्थ्यजन्य फोहरलाई यसको अन्तिम तह लगाउने ठाउँसम्म सुरक्षित तरीकाले पु¥याउनुभन्दा पूर्व सुरक्षित तवरले भण्डारण गरिनु पर्दछ । स्वास्थ्यजन्य फोहर उत्सर्जन हुने वा निसंक्रमित हुने ठाउँमा नै राखिनु पर्दछ । यसलाई कहिल्यै पनि बाटोको बीचमा, नुहाउने कोठा वा अन्य कुनै ठाउँमा राखिनु हुँदैन । जहाँ मानिसले यसमा अन्य प्रकारको फोहर मिसाउन वा भएको फोहर पोखिन सक्ने हुन सक्दछ । फाहेरको व्याग वा भाँडो तीन चौंथाई भरी सकेपछि सिल गर्नुपर्दछ । जसले गर्दा फोहर पोखिने वा भाँडो फुट्न सक्ने हुँदैन र कामदारलाई बोक्दा गाह्रो पनि हुँदैन । फोहरको व्याग वा भाँडोमा कहिल्यै पनि धारिलो सूई वा अन्य औजार राख्नु हुँदैन । किनभने व्याग वा भाँडो फुटेको खण्डमा यसलाई अन्तिम निष्काशन वा विसर्जन नभएसम्म बन्द कोठामा राख्नु पर्दछ । कोठा एकदमै सुरक्षित हुनु पर्दछ जसले गर्दा फोहर बिक्रीको संकलन गर्ने मानिसहरूलाई यसमा पहुँच हुन नपाऊन् । फाहेरको व्याग वा भाँडो तीन चौंथाई भरी सकेपछि सिल गर्नुपर्दछ । जसले गर्दा फोहर पोखिने वा भाँडो फुट्न सक्ने हुँदैन र कामदारलाई बोक्दा गाह्रो पनि हुँदैन । फोहरको व्याग वा भाँडोमा कहिल्यै पनि धारिलो सूई वा अन्य औजार राख्नु हुँदैन । किनभने व्याग वा भाँडो फुटेको खण्डमा यसलाई अन्तिम निष्काशन वा विसर्जन नभएसम्म बन्द कोठामा राख्नु पर्दछ । कोठा एकदमै सुरक्षित हुनु पर्दछ जसले गर्दा फोहर बिक्रीको संकलन गर्ने मानिसहरूलाई यसमा पहुँच हुन नपाऊन् । फोहर व्यवस्थापन गर्दाको बखत हुने हानिबाट बा“च्ने उपायहरू सुरक्षित गर्ने वा एप्रोन लगाएर धारिलो सुई, अन्य धारिलो औजारहरू, जीवाणु वा रगतको छिटा, अन्य तरल पदार्थ वा रसायनहरूबाट हुने संक्रमणबाट बँच्न सकिन्छ । यी धारिलो वस्तुहरूको प्रयोग पश्चात तुरुन्त धारिलो राख्ने बाकसमा राखिहाल्नु पर्दछ । धारिलो वस्तुलाई कहिल्यै पनि अन्य फोहरसँग मिसाएर राखिनु हुँदैन । फोहर चलाएपछि लगतै हातखुट्टा धुनुहोस् र हरेक बिरामीसँगको सम्पर्कमा आउनु अगाडि पछाडि हात खुट्टा धुनुहोस् । नाङ्गो सुई कहिल्यै पनि नखोल्नुहोस् । छालाको समपर्कमा फोहरलाई आउनबाट रोक्नुहोस् । लगाएको सुरक्षित एप्रोन वा लुगा हानिकारक फोहरको समपर्कमा आई भिजेको छ भने तुरुन्तै फेर्नुहोस् र आफूलाई अत्यधिक सावुन पानीले नुहाउनुहोस् । सुरक्षित एप्रोन एवं लुगाले मानिसललाई बचाउन आफैं सफा हुनु पर्दछ । हरेक प्रयोग पश्चात एवं पालो पश्चात् यसलाई धुने वा निसंक्रमण गर्ने गर्नुपर्दछ । जस्तैः ग्लोब, एप्रोन, सिसाहरू र मास्क आदि । यसो गर्नाले अन्य अर्को प्रयोगकर्तालाई यसले बचाउँदछ । यदि तपाईको स्वास्थ्य केन्द्रमा सुरक्षित पहिरनहरू छैन भने अन्य उपलब्ध सामग्रीहरू नै उपभोग गर्नुहोस् । उदाहरणको लागि फोहर संकलन गर्नेले प्लाष्टिक व्यागलाई नै एप्रोनको रूपमा प्रयोग गर्न सकिन्छ । पेन्ट, मास्क र टोपीको प्रयोग गर्नु पर्दछ । बिल्कुलै सुरक्षित लुगा नलाउनुको सट्टा भएको केही लगाउनु राम्रो हुन्छ । स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका