धारिलो वस्तुहरूको प्रशोधन तथा विसर्जन स्वास्थ्यजन्य फोहरहरू मध्ये धारिलो वस्तुहरूबाट सबभन्दा बढी स्वास्थ्य समस्या उत्पन्न हुन्छ । धारिलो वस्तुहरू जस्तैः सुई, ब्लेड, लानसेट र अन्य धारिलो वस्तुहरूले घाउ एवं संक्रमण गराउने हुनाले यसलाई राम्ररी व्यवस्थापन गरिनु पर्दछ । स्वास्थ्य केन्द्र बाहिर धारिलो वस्तुहरू संकलन तथा पुनः प्रशोधन गर्ने मानिसहरूलाई यसले निकै खतरा पु¥याउन सक्दछ । धारिलो वस्तुहरूको उत्सर्जनलाई कम गर्न आवश्यक परेमा मात्र सुईको प्रयोग गर्नुपर्दछ । सुई र सिरिञ्जको सुरक्षित विसर्जन सुई लगाईसकेपछि सुईलाई सिरिञ्जबाट अलग छुट्ट्याउनु पर्दछ र धारिलो वस्तु राखने भाँडोमा तुरुन्तै राख्नु पर्दछ । सुईमा पुनः खोल लगाउनु चाहिं खतरनाक हुन सक्दछ र यस्तो सकेसम्म गरिनु हुन्न । पुनः प्रयोग गरिने सिरिञ्जलाई बाहेक अन्य सिरिञ्जलाई तुरुन्तै प्रयोग पश्चात् तुरुन्तै सियोलाई अलग्याउने अनेक उपायहरू हुन सक्दछ । यी मध्ये कुनैपनि तरीका चाहिं अपनाउन सकिन्छ । एउटा हातको प्रयोग गरेर मात्र सूईले घोच्नबाट बँच्न सक्दछ । सियोलाई नछेड्न सक्ने भाँडोमा जम्मा गर्नुपर्छ । स्वास्थ्यकर्मीलाई सजिलो तथा आरामदायी उपयोग गर्न सक्निे हुनु पर्दछ । कसरी धारिलो वस्तु राख्ने भा“डो बनाउने धारिलो वस्तु राख्ने साँचोको प्वाल जस्तो धातुको भाँडोको माथि एउटा लामो प्वाल हुनछ जसको एक छेउमा ठूलो प्वाल हुँदै अर्को छेउमा चाहिं सानो साँघुरिदै गएको प्वाल हुन्छ । यो चाहिं हामी किन्न वा बनाउन सक्दछौ । यो कफिको बट्टाबाट पनि बनाउन सकिन्छ । यसको सबभन्दा महत्वपूर्ण काम भनेको यसले सूई नछोइकन सिरिञ्जबाट अलग गर्न सकिन्छ । प्रयोगपश्चात् फाल्नु पर्ने सिरिञ्जको उपयोग गरिसकेपछि सिरिञ्जको टुप्पा ठूलो प्वालमा राखी विस्तारै साँघुरो भागतिर सार्दै लाने । अब सिरिञ्जलाई विस्तारै तान्नुहोस् । सूई बाकसभित्र खस्दछ । सिरिञ्जलाई धारिलो वस्तु÷फोहर राख्ने भाँडोमा राख्नुहोस् । जब धारिलो सियोको बट्टा तीन चौथाई भरिन्छ, टेपको मद्दतबाट सिल गर्नुहोस् र बाकसलाई सार्पपिटमा वा सार्प ड्रममा राखेर सुरक्षित व्यवस्थापन गर्नुहोस् । सिरिञ्जको प्रकारहरू पुनः प्रयोग गर्न सक्ने सिरिञ्जः पुनः प्रयोग गर्न सक्ने सिरिञ्जलाई पुनः पुनः प्रयोग गर्न सक्दछ र पैसाको बचत पनि गर्न सकिन्छ । तर यसलाई चाहिं सावधानीपूर्वक हरेक प्रयोग पश्चात् सफा तथा स्वच्छ पानीले धुनु पर्दछ र निसंक्रमित गरिनु पर्दछ । विना धोएर एवं निर्मलीकरण गरेर सिरिञ्जको पुनः प्रयोग गरिनु हुन्न र हेपाटाइटिस, एचआइभी र अन्य रोगहरू सियो र सिरिञ्जको पुनः प्रयोगबाट सर्न सक्दछ । यदि हामील यसको निर्मलीकरण एवं निसंक्रमण गर्न ध्यान पु¥याएनौं भने । डिस्पोजिएवल सिरिञ्जः यो सिरिञ्ज एकचोटी प्रयोग गरिसकेपछि निडिलि (सुई) सहित विसर्जन गर्नृुपर्दछ । केही यस्ता सिरिञ्जहरू छुट्टै राखे उमाली तथा वाष्पीकरण गरी पुनः प्रयोगमा पनि ल्याइन्छ तर पुनः प्रयोगमा ल्याउनु हुँदैन किनभने यस्ता सुई तथा सिरिञ्ज राम्ररी निर्मलीकरण भएन भने विभिन्न रोग व्याधी फैलिने सम्भावना हुन सक्दछ । अटो डिस्एबल सिरिञ्जः यस प्रकारका सिरिञ्जहरू एकचोटी प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्न मिल्दैन किनभने प्रयोग भएपछि आफैं बन्द हुने वा सुई छोपिने हुन्छ । तथापी, यस्ता सिरिञ्जहरूपनि खतरनाक हुन सक्दछ । यदि हामीले यसलाई स्वास्थ्य केन्द्रको भित्र वा बाहिर जथाभावी फालिदियौं भने । सुरक्षित विसर्जनका लागि पेज न ४३८ हेर्नुहोला । महत्वपूर्णः सफा नगरिएको तथा निर्मलीकरण रहित सिरिञ्ज तथा सूई कहिल्यै प्रयोग नगरौं । संक्रामक फोहरलाई विसर्जन गर्ने तरीका तलका तालिकामा एउटा सानो स्वास्थ्य केन्द्रबाट उत्सर्जन हुने फोहरलाई अन्तिम विसर्जन गर्ने तरीकाबारे उल्लेख गरिएको छ । केही केही स्वास्थ्य संस्थाहरूमा तल उल्लेखित सबै प्रविधिहरूको उपभोग गर्न सम्भव हुँदैन वा आफ्नै किसिमको राम्रो व्यवस्थापन पद्धति अपनाएको हुन्छ । सबभन्दा संक्रमण फैलिनबाट रोक्नका लागि महत्वपूर्ण पक्ष चाहिं सबैले बुझ्ने खाले र लागू गर्ने खाले पद्धति हुनु आवश्यक पर्दछ । महत्वपूर्ण कुराः सम्भव भएसम्मको स्वास्थ्यजन्य फोहर व्यवस्थापनसम्बन्धी कानुनहरूको पालना गर्नुहोस् । स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका